ओलीको आरोप: भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाउने कांग्रेस हो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालपछि नेपाली कांग्रेसले भारतीय सेना बोलाएर देशभक्त नेपालीको हत्या गराएको आरोप लगाउनुभएको छ।

उहाँले कांग्रेसका महामानव विश्वेश्वरप्रसाद कोइरालाको पनि आरोलोचना गर्नुभयो । अनेरास्ववियुको विस्तारित बैठक उद्घाटन समारोहमा बोल्दै ओलीले ऐतिहासिक प्रसंग कोट्याउनु भएको थियो ।

००७ सालपछि आन्दोलनको उपलब्धि अपूरो भयो भनेर आवाज उठाउने युवाहरूमाथि कांग्रेसको सरकारले दमन गरेको उहाँले बताउनुभयो । ओलीले हालका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदाका बखतको प्रसंग पनि निकाल्दै, केही टिप्पणी गर्नुभएन।

‘कांग्रेसका अहिलेका सभापति अहिले देशभित्र हुनुहुन्न । बाहिर भएका बेला केही भन्दिनँ । फेरि विदेश गएका बेला लखेट्यो भन्लान् । उहाँ आएपछि नै भनौँला,’ ओलीले भन्नुभयो ।