प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने बाबुराम भट्टराईको घोषणा

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नु भएको छ।सोमबार उहाँले सामाजिक सञ्जालमा लेख्दै चुनाव नलड्ने घोषणा गर्नु भएको हो।‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु,’ गोरखालाई सम्बोधन गरी लेखिएको स्ट्याटसमा भनिएको छ।२०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएकोमा उहाँले आभार व्यक्त गर्नुभएको छ।यद्यपि आफूले चुनाव नलड्ने घोषणा गरेपनि राजनीति भने नछाड्ने उहाँले बताउनु भएको छ।‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उहाँले भन्नु भएको छ, ‘तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो। म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु