
काठमाडौं । नेपालले पपुवान्युगिनि (पीएनजी)सँगको दोस्रो एकदिवसीय खेल आज खेल्दैछ ।
त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ । पहिलो खेलमा २ सय ९३ रनको विशाल लक्ष्य पाएको नपाल पीएनजीसँग नाटकिए रुपमा ६ रनले पराजित भएको थियो । नेपालका लागि रोहित पौडेलले सतकिय इनिङ खेल्नुभएको थियो ।
आज हुने खेलका लागि नेपाली टोली जित लक्ष्य सहित मैदान उत्रिने छ । यूएईमा सम्पन्न खेलमा नेपालसँग दुई हार बेहोरेको पीएनजीलाई घरेलु टोलीलाई हराउँदा जितले थप उर्जा मिलेको छ ।
नेपालले आजको एकदिवसीय खेलपछि सोमबारदेखि घरेलु मैदानमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी–२० सिरिज खेल्दैछ ।




खबर बजार । १२ चैत्र २०७८, शनिबार ०८:५२