तीन वर्षमा राखेपको पहिलो बोर्ड बैठक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दैछ ।

करिब तीन वर्षमा राखेपको बोर्ड बैठक पहिलो पटक बस्न लागेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि आह्वान गर्नुभएको हो ।

शुक्रबारको बोर्ड बैठकमा मुख्य दुई एजेण्डा तय गरिएका छन् । पहिलो नम्बर एजेण्डामा नवौं राष्ट्रिय खेलकुद र दोस्रो नम्बर बुँदा १९ औं एसियन गेम्सको सहभागीताको विषय उल्लेख छ ।

शुक्रबारको बैठकले नवौं राष्ट्रिय खेलकुदको आयोजनाका सम्बन्ध र एसियन गेम्सको सहभागीताको विषयमा औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ ।