

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को यू-१९ महिला क्रिकेट स्कलरसिप कार्यक्रम नेपालमा हुने भएको छ । अक्टुबर २३ देखि २९ सम्म काठमाडौं र पोखरामा सञ्चालन हुने स्कलरसिप कार्यक्रमका लागि नेपाललाई छनोट गरिएको आईसीसीले जनाएको छ ।
जस अनुसार इंग्ल्याण्डको एमसीसीले नेपालको भ्रमण गर्ने छ र नेपाल प्रेसिडेन्ट ११ र नेपाल इमर्जिङ टिमसँग ३ वटा टी–२० खेल खेल्ने छ । यो कार्यक्रम अन्तर्गत नेपालका कृतिका मरासिनी, आश्मा पुलामी मगर र सृष्टि जैशी सहित कतार, भुटान, यूएई र मलेसियाका १३ जना खेलाडीले पाकिस्तानी प्रशिक्षकसँग स्किल डेभलपमेन्ट सम्बन्धी तालिम पाउने छन् ।
गत जुनमा मलेसियामा भएको यू–१९ महिला विश्वकप छनोटमा गरेको प्रदर्शनका आधारमा यी खेलाडी छनोट भएको आईसीसीले जनाएको छ ।

खबर बजार । २९ आश्विन २०७९, शनिबार १६:३६