काठमाडौं । फिफा विश्वकप फुटबलको उपाधिको लागि इंग्लिस क्लब चेल्सी र ब्राजिलियन क्लब पाल्मिरसबीच प्रतिस्पर्धा हुने भएको छ ।
सेमिफाइनलमा पाल्मिरसले इजिप्टको अल अह्लिलाई २–० ले पराजित गरेको थियो भने, साउदी अरेबियाको अल हिलालविरुद्ध १–० को जित निकाल्दै चेल्सीले उपाधि भिडन्त पक्का गरेको हो । उपाधिको लागि शनिबार भिडन्त हुनेछ ।
खबर बजार । २७ माघ २०७८, बिहीबार ०८:४६