गगन-विश्व र पूर्णबहादुरबीच भेटवार्ता 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।

खड्का निवास गल्फुटार पुगेर गगन-विश्वले भेट गरेका हुन् । उनीहरुबीच करिब साढे १ घण्टा छलफल भएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्नको लागि सभापति थापाले असन्तुष्ट नेताहरूसँग भेटवार्ता थाल्नुभएको हो ।

भेटमा नेताहरुबीच पार्टीलाई एकताबद्ध बनाएर जानेबारे छलफल भएको थियो । थापाले हिजो नेता डा. शेखर कोइरालासँग भेट गर्नुभएको छ ।