
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरिएको छ ।

संघीय संसद्को संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नुभएको हो ।
अर्थमन्त्री वाग्लेले पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने घोषणा गर्नुभयो ।
त्यस्तै राजस्व १४ खर्ब ४ अर्बको रहने उहाँले बताउनुभएको छ । अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने उहाँले बताउनुभयो ।
जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।
हेर्नुहोस् :




खबर बजार । १५ जेष्ठ २०८३, शुक्रबार १८:२०