सुर्खेत । सल्यानमा अपरिचित व्यक्तिले १४ वर्षीया बालिकालाई करणी गरेर फरार भएका छन् । बुधबार राती ११ बजेको समयमा दुई जना अपरिचित व्यक्तिले बालिकालाई जबरजस्ती करणी गरि फरार भएका हुन् ।
ईलाका प्रहरी कार्यालय राँगेचौर सल्यानले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई दिएको जानकारीअनुसार सल्यानको कुमाख गाउँपाकिा–१ शान्तिबजारका १४ वर्षीया बालिकालाई करणीमा परेकी हुन् ।
उक्त बालिका घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिईन् । घरमै सुतेको स्थानमा पुगेर अपरिचित दुई जनाले जबरजस्ती करणी गरि फरार भएको प्रहरीको भनाई रहेको छ ।
यस्तै, सल्यान प्रहरीले करणी गर्ने संकाशपद दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० सन्तोष खनाले दुई जनालाई जाजरकोटबाट पक्राउ गरेर जिप्रका सल्यानमा ल्याउन लागिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘उनीहरुलाई ल्याउन जिल्लाबाट गाडी गईसकेको छ । जिल्लामा ल्याउँन करिब आधा घण्टा जति लाग्छ होला । त्यसपछि उहाँ दुई जनाको पहिचानसँगै थप अनुसन्धान हुने छ ।’
खबर बजार । २३ असार २०७९, बिहीबार १५:३८