गायिका पौडेलको मृत्यु, जाहेरीबिनै बबुललाई सोधपुछ

काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भएको छ ।

कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा पौडेलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार शुक्रबार बिहान साढे ८ बजे पौडेलको मृत्यु भएको हो ।

गत शनिबार पौडेलले अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकोमा तत्कालै उपचार लगिएको थियो ।

आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि पौडेललाई उपचारका लागि अस्पताल लगिएको थियो ।

यो घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो ।

अहिले पनि गिरी प्रहरीकै सम्पर्कमा रहेका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताउनुभयो । उहाँका अनुसार बबुलको नाममा जाहेरी भने छैन ।