
काठमाडौँ । गायक तथा संगीतकार धनबहादुर गिरी (बाबुल)लाई आत्महत्या दुरूत्साहन मुद्दामा प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले दिएकाे जानकारी अनुसार अनामनगरकाे एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा मृत्यु भएपछि गिरीलाई पक्राउ गरिएको हो ।
आत्मदाहको प्रयास गरेकी गायिका पौडेलको मृत्यु भएपछि गायक गिरीविरुद्ध नितुका आफन्तले जाहेरी दिएका थिए ।
पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदै थियाे । आफैंमाथि आगो लगाइरहेको अवस्थामा पौडेललाई प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल लगेकाे थियो । साेही घटनामा गिरी पनि सामान्य घाइते भएका प्रहरीको भनाई छ ।




खबर बजार । ७ कार्तिक २०८२, शुक्रबार १८:५७