प्रधानमन्त्री प्रचण्ड पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको छ । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुनुभएको हो । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत माग्नु भएको थियो ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र प¥यो । उहाँको विपक्षमा १९४ मत परेको छ र मत दिन्न भन्नेमा १ मत परेको छ ।

यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उहाँ अल्पमतमा पर्नु भएको थियो । यो पटक साना दलहरूले समेत साथ दिएनन् । उहाँलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएका छन् ।