बागी र बागीका सहयोगी नेकपाबाट निष्कासित

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सात जना नेतालाई निष्कासन गरेको छ । पार्टीको आधिकारिक उम्मेवार विरूद्ध बागी उम्मेदवार बनेका र बागी उम्मेदवार बनाउने नेताहरुलाई निष्काशन गरिएको हो ।

पार्टीको आधिकारिक उम्मेवार विरूद्ध बागी उम्मेदवार खडा गरी त्यसको प्रस्तावक र समर्थक बनेको भन्दै नेता हरिबोल गजुरेलसहित ७ जनालाई नेकपाले निष्कासन गरेको हो ।

निष्कासित नेताहरूमा गजुरेलसहित सिन्धुलीकै महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई, सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह छन् ।

सिन्धुली-२ मा पार्टीले केन्द्रबाट निर्णय गरी लेखनाथ दाहाललाई उम्मेदवार बनाएको छ । यद्यपि सिन्धुली-२ मा हरिबोल गजुरेलसहितको समर्थनमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेको थियो।

संयोजक पुष्कमल दाहाल प्रचण्ड र सह-संयोजक माधवकुमार नेपालले हरिबोललाई पत्रै पठाएर उम्मेदवारी फिर्ता गर्न भनेका थिए।

उम्मेदवारी फिर्ताका लागि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । त्यस अवधिमा उम्मेदवारी फिर्ता नभएपछि शनिबार संयोजक प्रचण्ड र सह-संयोजक माधव नेपालले कारबाही गरिएको सूचना जारी गरेका हुन् ।

दाङमा नेकपाले मेटमणि चौधरीलाई उम्मेदवार बनाएको थियो। त्यसमा असन्तुष्ट पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले उम्मेदवारी दिनुभएको थियो । उहाँलाई पनि शनिबार पार्टीबाट निस्कासन गरेको हो ।