बेइजिङ । चीनको बेइजिङमा जारी ओलम्पिकमा नेदरल्यान्ड र नर्वे एक एक स्वर्णसहित पदक तालिकाको शीर्षस्थान लिन सफल भएका छन् ।
पदक तालिकाको तेस्रो स्थानमा रुस र इटाली छन् । दुबैले दुई रजत पाएका छन् भने पाँचौं स्थानमा अष्ट्रिया क्यानडा छन् । दुबैले दुई समान काँस्य पदक प्राप्त गरेका छन् ।
यसैबीच, ओलम्पिकको पहिलो स्वर्ण नर्वेले जितेको छ । महिलातर्फ ७.५ कि. मी. क्रसकन्ट्री स्किइङमा थेरिज जोहगले नर्वेलाई स्वर्ण दिलाउनुभएको हो । उहाँले ४४ मिनेट १३ सेकेन्डमा दौड पुरा गर्नुभयो ।
रुसकी नातालिया नेप्रेभाले प्रतिस्पर्धामा रजत पदक जित्नुभयो भने अष्ट्रियाकी तेरेसा स्टाडलोभरले काँस्य पदक जित्नुभयो ।
३ हजार मिटरको स्पिड स्केटिङ प्रतिस्पर्धातर्फ स्कोटिन एरिनले नेदरल्यान्डलाई पनि स्वर्ण जिताउनुभयो ।
खबर बजार । २२ माघ २०७८, शनिबार १६:५४