
काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढिरहेको छ ।
नेपाल सरकारको दैवी प्रकोप उद्धार कोष र राहत कोषमा अहिलेसम्म ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारले यसअघि कोषमा जम्मा भएको एक अर्ब रुपैयाँ बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ ।
नौ वटा वाणिज्य बैंकमा आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ रुपैयाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।




खबर बजार । २० भाद्र २०८३, शनिबार १५:०४