प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा विकास गरिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतलाई विशिष्टिकृत तहको रुपमा विकास गरि स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने नीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०७९र८० को नीति कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख तिलक परियारले स्वास्थ्य उपचारका लागि प्रदेश बाहिर जाने बाध्यतालाई क्रमशः न्युनिकरण गरिने नीति लिइएको बताउनुभयो ।

उहाँले, प्रदेश आयुवेद्धिक औषधालयलाई खोज अन्वेषण केन्द्रका रुपमा विकास गरिने बताउनुभयो ।

साथै, उहाँले स्वास्थ्य सेवा सर्वसुलभ बनाउन पहल गरिने बताउनुभयो । सामुदायिक स्वास्थ्य सेवा, टेलिमेडिसिन लगायतका सेवा सुचारु गर्ने, स्वास्थ्यकर्मीलाई तालिम तथा प्रोत्सोहान गरिने जानकारी दिनुभयो ।

नीति कार्यक्रममा बर्थिङ्ग सेन्टर, हवाई उद्दार कार्यक्रम, बहुक्षेत्रीय पोषण लगायतका कार्यक्रमलाई निरन्तरता दिइएको छ ।