काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ ।
मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनयन गर्नु भएको हो ।
गत मंसिरमा भएको पार्टीको अधिवेशनमा थापा लिङ्देन समूहबाट महामन्त्रीको उम्मेदवार हुनुहुन्थ्यो । तर उहां कुन्तीकुमारी शाहीसँग पराजित हुनु भएको थियो ।
पार्टी अध्यक्ष लिङ्देनले थापालाई यसअघि केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको थियो ।
खबर बजार । १३ आश्विन २०७९, बिहीबार १६:१०