काठमाडौं । अबको निर्वाचनमा देशभरबाट करिव दुई करोडले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगको प्रारम्भिक तथ्यांकअनुसार एक करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएका हुन् ।
यसैबीच, वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि आज मंगलबारदेखि स्थगित गरेको छ ।
निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिनुभयो ।
निर्वाचनको मिति घोषणा भएपछि सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो । आयोगले मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।
कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन ।
खबर बजार । २५ माघ २०७८, मंगलवार ०९:१६