सुर्खेत । सुर्खेतमा यसअघि सञ्चालन भई रोकिएको प्याराग्लाइडिङ्ग भोलि आइतबारदेखि पुन: सञ्चालनमा आउने भएको छ । वेलकम प्याराग्लाइडिङ्ग प्रा. लि. सुर्खेतको मनोरञ्जनात्मक उड्डयन प्रमाणपत्र पुन: जारी गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नवीकरण भएसँगै अब प्याराग्लाइडिङ्ग पुन: सञ्चालनमा आउने सञ्चालक पदमबहादुर शाहीले खबर बजारलाई बताउनुभयो ।
प्याराग्लाइडिङ्गको ‘अपरेसन वेश’ वीरेन्द्रनगर नगरपालिका वडानम्बर १४ गढी रहने वेलकम प्याराग्लाइडिङ्गले जनाएको छ ।
खबर बजार । २२ माघ २०७८, शनिबार ०७:०२