काठमाडौं । चारदेशीय शृङखलामा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले पराजित भएको छ ।
ओमानको अल अमेरट क्रिकेट स्टेडियममा आज भएकाे आफ्नाे दाेस्राे खेलमा नेपाल पराजित भएकाे हाे ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले नेपाललाई निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९३ रनको लक्ष्य दिएका थियो ।
नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रनमात्र बनाउन सफल भएको हो ।
खबर बजार । २९ माघ २०७८, शनिबार १५:१३