काठमाडाैं । फागुन १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रचार गर्न चलचित्रको टिम प्रचारमा जुटेको छ ।
चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यसका कलाकार पूजा शर्मा, पल शाह, निर्माता तथा निर्देशक सुदर्शन थापा र वितरक करण श्रेष्ठ क्रेजी अहिले हल–हलमा पुगिरहेका हुन् ।
अक्सर निर्माण युनिट फिल्म रिलिज भएपछि मात्र हलमा पुग्ने गरेकोमा यो युनिट भने अहिले प्रदर्शन अगाडि नै हल हलमा पुग्न थालेका छन् ।
दर्शकसँग प्रत्यक्ष साक्षात्कार र फिल्मको प्रचारका लागि आफूहरु हल हलमा पुगिरहेको निर्देशक सुदर्शन थापाले बताउनुभयो ।
फिल्म युनिटले हलमा पुगेर दर्शकसँग साक्षात्कारको हलका कर्मचारी, म्यानेजरसँग फिल्मको ब्यवसायको बिषयमा समेत चर्चा गर्ने गरेका छन् ।
युनिट काठमाडौंका मुख्य हलहरु क्यूएफएक्स सिभिल, छायाँ सेन्टर, बीग मुभिज, एफक्यूब लगायतका हल पुगिसकेका छन् ।
तेश्रो चरणको कोरोना महामारीपछि रिलिज हुन लागेको ‘म यस्तो गीत गाउँछु २’ फ्रेस चलचित्र हो । चलचित्र सांगीतिक प्रेम कथामा निर्माण भएको छ ।
खबर बजार । ३ फाल्गुन २०७८, मंगलवार १४:४५