सुर्खेत । भावगंगा डिजिटलको प्रस्तुतिमा रहेको नेपाली मौलिक लोक तथा दोहोरी गीत ‘तिम्रो आँखैमा’ले अहिले जताततै चर्चा बटुल्न थालेको छ ।
गायक कर्ण रसाइलीको चौथो साँगीतिक कोशेली स्वरुप सार्वजनिक भएको गीत ‘तिम्रो आँखैमा’ले युट्युवमा अहिले धेरै भन्दा धेरै दर्शकको साथ पाएको देखिएको छ ।
प्रहलाद सुवेदीको लय/शव्द सिर्जनामा रहेको ‘तिम्रो आँखैमा’ गीतमा कर्ण रसाइली, चर्चित गायिका शान्तिश्री परियार र प्रहलाद सुवेदीको आवाज रहेको छ भने ग्रुप आवाजमा तेजस रेग्मी, यज्ञ बिक, सुनितामी परियार र रेजिना परियारलगायतको छ ।
गीतमा नितु ढुङ्गाना र लोमस शर्माले अभिनय गरेका छन् । कर्ण रसाइलीले यसअघि ‘बिजी हुन थालेँ’, ‘छोरो’ र ‘तिम्रो बन्नलाई’ शीर्षकका गीतहरु नागरिकमाझ पस्किसक्नुभएको छ ।
हेर्नुहोस् भिडिओः
खबर बजार । १२ पुष २०७८, सोमबार १६:४६