फ्रन्टलाइन हस्पिटल सिरिजको मेडिकल पार्टनर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र पाहुना टोली जिम्बावे ुएु बीचको सिरिजको मेडिकल पार्टनरको रुपमा फ्रन्टलाइन हस्पिटल जोडिएको छ ।   

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार सिरिजको मेडिकल पार्टनरको रुपमा फ्रन्टलाइन हस्पिटलसँग सम्झौता गरिएको जनाएको छ ।

नेपालले घरेलु मैदानमा जिम्बावे एु सँग तीन खेलको एकदिवसीय सिरिज र तीन खेलको टी(ट्वान्टी सिरिज खेल्नेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे एु सँग सिरिज खेल्न लागेको हो ।

नेपालले पहिलो टी(ट्वान्टी अन्तर्गत आज जिम्बावे ुएु विरुद्ध खेल्दैछ ।

टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ुएु बीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।