जुम्ला–रारा अल्ट्रा म्याराथुन सुरु

जुम्ला ः  जुम्ला–रारा अल्ट्रा म्याराथुन दौड प्रतियोगिता सुरु भएको छ । ५९ किलोमिटरको म्याराथुन प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्नुभयो ।

जिरोबिन्दु चन्दननाथ मन्दिर तथा जिल्ला प्रशासन कार्यालय अगाडिबाट सुरु भएको दौड प्रतियोगितामा नेपाल र भारतका गरी झन्डै चार सय खेलाडी सहभागी छन् । कीर्तिमानी म्याराथुन धावक हरिबहादुर रोकायाको संयोजकत्वमा तेस्रो म्याराथुन दौड प्रतियोगिता गरिएको हो ।

आयोजक कर्णाली स्पोर्ट क्लबका अनुसार ५ किलोमिटर दौडका लागि एक सय ५६ खेलाडीले भाग लिएका छन् । जुम्लाको सदरमुकाम खलङ्गाबाट मुगुको रारा तालसम्मको यो प्रतियोगितामा प्रथम हुने खेलाडीलाई एकरएक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।