सक्रिय संक्रमित संख्या साढे २१ हजार

काठमाडौं । देशभरी कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या उकालो लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभरी २१ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयले आज थप ४६ सय ३६ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार १० हजार ४ सय १२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७ सय १ र ४ हजार १ सय ४४ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।