विश्वकपमा छनोट हुन नेपाल असफल, यूएईसँग ६८ रनले पराजित

काठमाडौं । अस्ट्रेलियामा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट हुन नेपाल असफल भएको छ । ओमानमा जारी टी-२० विश्वकपको छनोटअन्तर्गत सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित हुनुपर्दा नेपाल छनोट हुन नसकेको हो ।

एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन जोड्यो ।

नेपाललाई हराएसँगै यूएई विश्वकपका लागि छनोट भएको छ । नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको छैन ।

समूहगत चरणमा नेपालले तीनवटै खेल जितेको थियो भने यूएई अन्तिम खेलमा बहराइनसँग पराजित भएपछि उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।